‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइनबाट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । 

देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झण्झट अब अन्त्य भएको छ ।

यही असार २० गते अनलाइनबाट सुदूरपश्चिम प्रदेश, कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले सो सेवा लिनुभएको छ । 

उहाँलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्याल र शुल्क बुझाउन बैंकमा लाम लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ३१ बजे