सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुङ्ग्याउने

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । 

पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि  दुवै समूहलाई आधिकारिकता दिइएको थिएन । 

पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए । जसपाको विवाद निरुपण सन्दर्भमा आयोगले आज जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई बोलाएर छलफल गरेको छ । 

पार्टीको आधिकारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । 

जसपाको आधिकारिकताबारे आयोग अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर ठोस निष्कर्षमा पुग्ने छ ।
     
जसपाका नेता केशव झाका अनुसार आयोले दुवै पक्षको धारणा लिएको र त्यसमा उहाँहरुले भिन्नभिन्न रुपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गर्नुभएको छ । 

बैठकमा अध्यक्ष यादवले एउटै पार्टी दुई तरिकाले चल्न नसक्ने जनाउँदै अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गर्नुभएको थियो ।

अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र  परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १२ बजे