एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली सहभागी, जनताको आवाज सुनेर अघि बढ्न विश्वका नेताहरुलाई सीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल बैठकमा सहभागि हुनुभएको छ । प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सी भर्चुअल छलफलमा जोडिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गर्नुभयो । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उहाँले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गर्नुभएको छ । भर्चुअल बैठकमा नेपालसहित १६० देश सहभागि छन् । 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ५२ बजे