‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल १२ हजार ५८५ जनाको परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ५६५ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २५ हजार ८२८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  १५ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार २२५  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ५२ बजे