सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ । 

    कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ । अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ ।

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : ५७ बजे