काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय उत्पादन र निर्यातका लागि कृषिमा काम गर्न आग्रह गर्नुभएको छ ।
सप्तरीको राजविराजस्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरूमा सिञ्चाइको प्रबन्ध हामीले गर्यौं,’ उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौँ । विकासका कामलाई अगाडि बढाउन सक्छौँ ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम छिट्टै सुरु हुनेसमेत बताउनुभयो । ‘भवन निर्माणको काम छिट्टै र गुणस्तरीय रूपमा सम्पन्न हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : २२ असार २०७८, मंगलबार २ : ५५ बजे
प्रतिक्रिया