साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चाँदी जस्तो देखिने धातुका गहना सहित २ जना पक्राउ

सिरहा – भगवानपुर गाउँपालिका-१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहाना सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् । प्र.२-००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ४९ बजे