सुनको मूल्यमा नयाँ कीर्तिमान

छुटिन्छौ भन्दै निर्वाचन आयोगबाट बाहिरिए जसपा नेताहरु

काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाएको जसपाका नेताहरु आज निर्वाचन आयोग पुगेर आ–आफ्नो दाबी पेश गरेका छन् । 

निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेता सहभागी थिए।  आयोगको छलफलमा सहभागी भएका छलफलपछि नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गर्नुभएकाले त्यसैमा सहमति भएको बताए। उनले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिए। उनले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको पनि बताए।

निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई ‘कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला दिएको थियो। 

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गरेका थिए। दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : ३० बजे