‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोनाबाट मृत्यु

दाङ – यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।
               
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा वैशाख महीनायता छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । तीमध्ये तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा छन् । 

    यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षणमा २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : १८ बजे