सुनको मूल्यमा नयाँ कीर्तिमान

जसपाका दुवै समूह निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि (जसपा) का दुवै पक्षलाई आज बोलाएको थियो।

अहिले आयोगमा महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पुगेका छन् भने उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव गएका छन्। बाबुराम भट्टराईलगायत अन्य नेता पनि आयोग पुग्नेक्रममा छन्।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

दुवैले एकले अर्कालाई कारवाही गरेका छन् । आफ्नो पक्षलाई आधिकारिकता दिन भन्दै दुवैले आयोगमा उजुरी दिएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : ३२ बजे