सुनको मूल्यमा नयाँ कीर्तिमान

काँग्रेस सभापतिमा डा.नारायण खड्काको पनि दाबी

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा सभापतिका दाबेदारहरु थपिँदै गएका छन् । सभापतिमा दाबी गर्नेहरुमा पहिलो पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलदेखि लिएर दोस्रो पुस्ताका विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइरालाले दाबी गरिरहदा पुर्व मन्त्री डा. नारायण खड्काले पनि आफु सभापतिको उम्मेदवार भएको बताउनुभएको छ ।  चक्रपथ डटकमसँग कुरा गदै डा. खड्काले भन्नुभयो, पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको  छ, त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा मैले पनि सभापतिमा उठ्ने निर्णय गरेको हुँ ।’ उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलिक बढिनै छताछुल्ल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन्। तर, हाम्रोमा अलिक बढि नै भयो। हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ ।’ आफुले पार्टीको सिद्धान्त, एकता नीति र विचारको बहस गर्नका लागि सभापतिको उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

सभापतिका लागि डा.खड्काले आफनो तयारी गरिरहेको बताउनुभएको छ ।  कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : १३ बजे