सुनको मूल्यमा नयाँ कीर्तिमान

टोखाले तीन हजारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

काठमाडौं।टोखा नगरपालिकाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले परिवर्तित जीवनशैली, खानपान र वातावरणीय प्रदुषणका कारणले बढ्दै गएको उच्च रक्तचाप,मधुमेह, मुटु तथा मिर्गौला रोग र अर्बुधरोगलगायतका नसर्ने रोगको निःशुल्क परीक्षणका लागि ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा ‘मेयर स्वास्थ्य कार्यक्रम’सञ्चालन गर्ने उल्लेख छ।
 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : ५० बजे