सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

साक्षर जिल्ला घोषणा

डोटी – जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछाम जिल्लालाई सोमबार एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति अछामले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा लेखेको पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ । मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।”

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : २१ बजे