साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालिकामाथि बलात्कार गर्ने आरोपी पुर्पक्षका लागि कारागार चलान

सप्तरी – सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।  

कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई आज पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो । 

    उक्त घटनामा यसअघि पक्राउ परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल कारगारमा कैद छन् । जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो । अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन् ।

    रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई अकस्मात आएका आरोपितहरुले सामूहिक बलात्कार गरेको पीडितले बताउनुभएको छ । कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उहाँले बताउनुभयो ।  घटनालगत्तै ०७६ जेठ ५ गते पक्राउ परेका वेदप्रकाशको बयानका आधारमा अन्य आरोपितहरु पहिचान भएको थियो । आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : १८ बजे