साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जनजागरण अभियान चलाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ संक्रमितहरुलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आइतबार बसेको बैठकले सो आव्हान गरेको बैठकपछि पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । 

प्रधानमन्त्रीले जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको कोभिड म्यानेजमेन्ट सेन्टरसँग मिलेर अभियान चलाउन  निर्देशन दिनुभएको ज्ञवालीले बताउनुभयो ।

अक्सिन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, खोपलाई विस्तार गर्ने विषयमा समेत प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । कोभिड १९ बढ्दै गएपनि तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो । सकभर अर्थतन्त्रमा प्रतिकुल असर नपरोस् भन्दै ‘हट स्पट’ भएको ठाउँमा भने लकडाउन हुन सक्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ५८ बजे