सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक आजपनि बस्दै

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको हिजोको बैठकले ठोस निश्कर्ष निकाल्न नसकेपछि आजफेरि छलफल हुने भएको छ । 

हिजोको बैठकमा यस अघि भएका अनौपचारिक औपचारिक छलफलका विषयहरु रिपोटिङ्ग हुनुका साथै सहमतिको बातावरण कसरी बनाउँन सकिन्छ भन्नेमा सकारात्मक रुपमा केन्द्रित बनेको  माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले वार्ता पछि सञ्चारकर्मीलाई बताउनुभएको थियो ।

हिजोको वार्ता सकारात्मक रहेको र आज फेरि १ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । त्यस्तै नेपाल पक्षीय नेता भीम रावलले बैठक नियमित रुपमा अघि बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले हिजो कुनै विषयमा प्रवेश नगरेको र एमालेका आन्तरिक समस्याका बारेमा  गम्भीर छलफल गरे जाने तय गरेको बताउनुभयो । आजको बैठकले सहमतिको ठोस निश्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । 

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ४३ बजे