सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताउनुभएको छ । 

राष्ट्रपतिले आज बेलुकी ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिनुभएको छ । 

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३२ बजे