सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक सकियो, अनौपचारिक छलफललाई एकीकृत गर्ने निर्णय

काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले अनौपचारीक रूपमा दुवै पक्षबीच भएका छलफललाई एकीकृत गर्ने निर्णय गरेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । बैठकमा आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन र समीक्षा हुँदै भोलि १ बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।

कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ३७ बजे