सुनको मूल्यमा नयाँ कीर्तिमान

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले भर्चुअल छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सहभागी हुनु हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १२ : २६ बजे