साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

मोरङ – पथरी शनिश्चरे नगरपालिका-८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन् । पुरानो रिसइविका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते कृष्णको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ४४ बजे