सुनको मूल्यमा नयाँ कीर्तिमान

हस्ताक्षर फिर्ता लिन प्रधानमन्त्रीले दिनुभएको समय आज सकिँदै, माधव नेपाल आफनै अडानमा

काठमाडौं– नेकपा एमालेका सांसदहरुलाई सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमा आज सकिँदैछ । असार १८ र १९  गते बसेको एमालेको केन्द्रिय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने खेलमा लागेका सांसद एमालेका नेता हुन नसक्ने भन्र्दै आज साँझसम्म उत्त हस्ताक्षर फिर्ता गर्नका लागि समय दिनुभएको थियो । 

माधव नेपाल समूहका २३ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाएका छन् । प्रधानमन्त्रीले दिनुभएको हस्ताक्षर फिर्ताको समयसीमा नजिक पुगिसक्दापनि माधव समूहले अहिलेसम्म हस्ताक्षर फिर्ता गर्ने सुरसार देखाएको छैन । एमालेको केन्द्रिय कमिटीको बैठक सकिएपछि माधव नेपाललाई मनाउन उपमहासचिव बिष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेले भेटेर एमाले एक छ भनेर सन्देश दिन अध्यक्ष ओली र नेपालको संयुक्त वक्तव्य जारी गर्न सुझाव दिएका थिए ।

उपमहासचिव बिष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई भेटेर सम्पुर्ण समस्याको समाधान खोजिने आश्वासन दिएपनि माधव नेपालले प्रधानमन्त्रीलाई भेटन नचाहको बताउनुभयो । एमाले नेता बामदेव गौतमले पनि एकअर्काको रिसकै कारण सहमति हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।’

पार्टी एकताकै लागि एमाले उपाध्यक्ष भीम रावल पनि नेताहरुसँग गम्भिर छलफलमा हुनुहुन्छ । शनिबार राति करिब दुई घण्टा प्रधानमन्त्रीसँग भेट्नुभएका एमाले उपाध्यक्ष भीम रावल पनि पार्टीमा सहमति खोज्ने विषयमा सकारात्मक देखिनुभएको छ । एमाले सचिव भीम आचार्य पार्टीमा करिब सहमति भइसकेपनि नेताहरुको इगोका कारण कार्यन्वयन हुन नसकेको बताउनुहुन्छ । ‘माधव कमरेड प्रधानमन्त्रीसँग भेट्नै नमान्ने, प्रधानमन्त्री पार्टी बैठक गरेर निर्णय गर्दै जाने समस्या यहीं भएको हो,’ आचार्यले भन्नुभयो, ‘संसद विघटन र हस्ताक्षरको कुरा उपयुक्त समयमा समिक्षा गरौंला तर अहिले भविष्यका कुरा गरेर अघि बढौं भन्ने हाम्रो मान्यता हो ।’ उहाँले भन्नुभयो ।

विघटित प्रतिनिधिसभाका २३ जना एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गरिएको रिटमाथिको सुनुवाई आज या भोलि हुँदैछ ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३९ बजे