साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा १०ः०० बजे बैठक बोलाइएकोमा महाधिवेशन आयोजक कमिटीको बैठक अधि स्थायी कमिटी बैठक बसेकोले ढिला गरी बैठक सुरु भएको हो । 

आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ । 

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न आजको बैठक बोलाइएको बुझिएको छ । 

गत ६ गते  बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३७ बजे