सुनको मूल्यमा नयाँ कीर्तिमान

२४ घण्टामा १६०३ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा थप १६०३ जना संक्रमित भएका छन् । देशभर गरिएको ८१३२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २५५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपालमा थप २७ जनाको कोरोनाका कारण निधन भएको छ ।

काठमाडौं उपत्यकामा ४६१ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ५३ बजे