सुनको मूल्यमा नयाँ कीर्तिमान

‘माधव कमरेडले प्रधानमन्त्रीसँग भेट्न मान्नुभएन’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न नचाएको बताउनुभएको छ ।

पौडेलले आज बिहान नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । भेटमा उहाँले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्नु भएको थियो । तर, नेता नेपालले भने प्रधानमन्त्रीसँग भेट्न रुचि नराख्नुभएको नेता पौडेलले जानकारी दिनुभयो ।

‘माधव कमरेडकोमा गएका थियौं । म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्‍यौं भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं । हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक आपसमा बस्नुहोस् नेताहरू पनि, हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौं,’ राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले भन्नुभयो, ‘समाधान खोजेर अगाडि जाऔं । पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौं भनेर हामीले प्रस्ताव राख्यौं । उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दे जाऔं भनेर हामी उठ्यौं ।’

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : २९ बजे