सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानन्यायाधीशले भने–संविधानको धारा ७६ (७) ले विघटन हुन्छ भनेपछि कसरी पार्लियामेन्ट ५ वर्ष चल्छ ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानअनुसार सरकार बन्न सकेन भने धारा ७६ (७) ले विघटन हुन्छ भनेको छ भने किन फिक्स्ड टर्म पार्लियामेन्टमा जानु हुन्छ भनेर प्रश्न गरेका छन्।सभामुखका तर्फबाट बहस सुरु गरेका अधिवक्ता मेघराज पोखरेलले संविधानको व्यवस्था बमोजिम पार्लियामेन्ट ५ वर्ष चल्ने फिक्स्ड हो भनेपछि जबराले पोखरेललाई संविधानको धारा ७६(७) सम्झाएका हुन्। पोखरेलले संसद पाँच वर्षसम्म चल्ने निश्चित भएको जिकिर गरेका थिए ।
अधिवक्ता पोखरेलले प्रतिनिधिसभाका बहुमत सदस्यहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन दिएको र १ सय ४६ जना अदालतमै आएकोले बहुमत पुगेको दावी गरेका थिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : ३५ बजे