‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आमिर खान दोस्रो श्रीमती किरणसँग पनि छुट्टिए 

मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले वैवाहिक जीवनको १५ वर्षपछि अलग हुने निर्णय लिएका छन् । शनिबार उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

आपसी सम्झौतामा वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाउने निर्णय लिएका हुन् । शनिबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
“यो १५ वर्षको सुन्दर सँगै बसाइमा हामीले जीवनभरिको खुसी, उमंग र कैयौँ अनुभवहरु ग¥यौँ । यो अवधिमा हाम्रो सम्बन्ध माया, एकार्कामा विश्वास र सम्मानका साथ हाम्रो सम्बन्ध बढ्दै गयो,” विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले अब नयाँ जीवनको सुरुवात गर्ने निधो गरेको पनि बताएका छन् । यसबारे प्रस्ट्याउँदै थप लेखिएको छ, “अब हामी हाम्रो जीवनको नयाँ अध्यायको सुरुवात गर्दै छौँ । तर, श्रीमान् र श्रीमतीको रुपमा नभई सह–अभिभावकको र एकार्काको लागि परिवारको रुपमा नयाँ जीवन सुरु गर्दै छौँ ।”

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : २९ बजे