सुनको मूल्यमा नयाँ कीर्तिमान

माधव नेपाललाई मनाउन एमाले वार्ता टोलीका नेता नेपाल निवासमा

काठमाडौं। नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।

नेपाल निवासमा ओली पक्षका शंकर पोखरेल,सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा नेपाल पक्षका घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र भीम आचार्य गएका हुन्।एमालेको केन्द्रीय कमिटीको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिएको छ।
 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ११ : ४९ बजे