सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले बैठकमा महेश बस्नेतले राख्नुभएको यस्ता छन् ८ बुँँदे प्रस्ताव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज बस्नेतले संघीयताको समीक्षा हुनुपर्ने प्रस्ताव राख्नुभएको हो । बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने विषय प्रवेश गराउनुभएको छ ।

बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।

नेकपा एमालेको जारि १३ औ बैठकमा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राख्नुभएको प्रस्ताब
१ संघियताको बारेमा समिक्षा गरौं।
२ मुलुकको विशिष्ट पहिचान घोषना गरौं।
३ धर्म निरपक्षताको बारेमा बहस गरौं।
४ शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाउ।
५ दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं।
६ पार्टी अध्यक्ष : कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यब्स्था गरौं।
७ पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिसत सुनिस्चित गरौ।
८ पार्टी महाधिवेशन को राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यो बैठक बाट कार्यदल बनाएर जाउ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : २७ बजे