विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोसी ब्यारेजका ३० ढोका खोलिए

सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेत पार गरेको  छ । 

कोसी ब्यारेजमा शनिबार बिहान १०. १५ बजे २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भइरहेकोल हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा ३० वटा ढोका खोलिएको छ । 

पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । 
 
निरन्तर वर्षा भइरहेकोले कोसीका सहायक नदीमा समेत पानीको बहाव बढेको छ । 

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ४३ बजे