सुनको मूल्यमा नयाँ कीर्तिमान

धादिङमा पहिरोले ट्रक पुरिदा दुई जनाको मृत्यु, चार वटा सवारी साधनमा क्षति

धादिङ ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिरोलेमा ट्रक पुरिदा दुई जनाको मृत्यु भएको छ भने पहिरोले चार वटा सवारी साधनमा क्षति पुगेको छ । 

पहिरोले क्षति पुर्‍याएको चार मध्ये ना ८ ख ४५४०ट्रक  र ना ७ ख ३२० नम्बरको कन्टेनरको पहिचान खुलेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 

अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । 

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने  १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ ।  सडक अवरुद्ध हुँदा मालवाहक तथा यात्रुवाहक सवारीको लामो लाइन लागेको छ । 

पहिराले पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिका लगायतका सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ०१ बजे