सुनको मूल्यमा नयाँ कीर्तिमान

पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक ठाउँ ठाउँमा अबरुद्ध

मकवानपुर । गत बिहिबारदेखि लगातारको अबिरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडाबाट काठमाडौं जाने चार वटै सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ । 

भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ र मुग्लीन नारायणगढ सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अबिरल वर्षाका कारण त्रिभुवन राजपथको हेटौडा–भैसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा, त्रिभुवन राजपथ कै (भैसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर, थाहा– ६ खानीगाउँ, थाहा नगर–१२ गैरीगाउँमा पहिरो जाँदा हेटौंडाबाट पालुङ जोडने सडक खण्ड पनि अबरुद्ध बनेको प्रहरीले जनाएको छ । 

काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड अन्तर्गत भिमफेदी–२ पान्द्राङ, सोहि सडकखण्डको भिमफेदी– ६ गढी, देराली, फाखेल सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ३३ बजे