सुनको मूल्यमा नयाँ कीर्तिमान

तस्विरमा हेर्नुहोस एमाले केन्द्रिय कमिटीको बैठक

काठमाडौं । एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछिको पहिलो बैठक आज बसेको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार तथा पार्टी नेतृत्वबाट भइरहेका प्रयासहरूका बारेमा जानकारी गराउनु भयो । एमालेको काँधमा कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रको भविष्य निर्भर रहेको बताउँदै उहाँले यसलाई एकताबद्ध र सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले पार्टी एकताका लागि सबैलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । बैठकमा सहभागि बामदेब गौतम पार्टी एकता जोगाउन यो बैठकमा आउनु भएकोमा उहाँलाइ स्वागत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, अन्य कमरेडहरुलाई पनि भोली हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु । उहाँले जिस्काउदै बामदेब गौतमलाई भन्नुभयो बामदेब जीलाई आउने जाने क्रम जारी नगरी आको आइ गर्न अनुरोध गर्द्छु।

तस्विर : प्रधानमन्त्रीको सचिवालय

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : १३ बजे