सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले बैठकका यस्ता छन् निर्णयहरु (पूर्णपाठसहित)

काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटीको तेह्रौं बैठक शुक्रबार बसेको छ ।

एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछिको पहिलो बैठकको सुरुमै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तिनका विरुद्ध सरकार तथा पार्टी नेतृत्वबाट भइरहेका प्रयासहरूका बारेमा जानकारी गराउनु भयो । नेकपा (एमाले) का काँधमा कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रको भविष्य निर्भर रहेको बताउँदै उहाँले यसलाई एकताबद्ध र सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले पार्टी एकताका लागि सबैलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

आफ्नै पार्टीको सरकारलाई ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित कहिले राष्ट्रपति समक्ष त कहिले अदालतमा मुद्दा गर्न जानु कम्युनिष्ट आन्दोलनका लागि मात्रै होइन, कुनै पनि लोकतान्त्रिक समाजका लागि अशोभनीय, अस्वीकार्य र हानिकारक भएको बताउँदै प्रधानमन्त्रीले हस्ताक्षर फिर्ता लिएर मात्र एकताको आधार तयार हुनसक्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टीको अध्यक्ष र संरक्षकका हैसियतले अझ बढी धैर्य, उदारता र लचकताका साथ एकता प्रयास जारी राख्न अध्यक्षसँग आग्रह गर्नुभयो । केन्द्रीय कमिटीको अर्को बैठक भोलि असार १९ गते अपराह्न ३ बजे बस्ने छ ।

यस्तो छन् बैठकका निर्णय

​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : १६ बजे