‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

स्वरोजगार कोषले दिने ऋण थोरै भयो, थप्न आवश्यक छ 

​​​​​​​चितवन । चितवन रत्ननगर नगरपालिका ६ मा कोल्ड स्टोर व्यवसाय गर्नु भएका  ओमप्रसाद रिमाल दुई वर्ष अघि डुब्नै लागेको आफ्नो व्यवसाय स्वरोजगार कोषको सस्तो ब्याजदरको ऋणले बचाइदिएको बताउनुहुन्छ । 

पाँचबर्ष अघि होटेलमा काम गरेर कमाएको रकमले उनले घर छेवैमा कोल्डस्टोर पसल राखेर चलाइरहेका थिए । राम्रो लगानी नहुँदा चल्न नसकिरहेको कोल्डस्टोरलाई स्वरोजगार कोषले ऋण दिएपछि भने राम्रो मुनाफा दिन सफल भयो । 

कोल्डस्टोरको कमाइबाटै उनले आफ्नो सात जनाको परिवारलाई राम्रोसँग चलाउन सकेको सुनाए । 

‘लगानी डुब्ने अवस्थामा पुगेको थियो, थप लगानी गर्न नसक्दा पसल बेचेर विदेश जाऊँ जस्तै लागेको थिए । त्यही बेलामा आफूले दैनिक बचत गर्ने सहकारीले कोषबापतको ऋण नि सुझाएपछि  दुई लाख लिएर पसललाई पुर्न जीवन दिए’, उनले भने ।

राम्रो काम गर्नेहरूका लागि दुई लाख रुपैयाँ भने निक्कै कम हुने उनले सुनाए । यस्तो महँगी छ, दुई लाख रुपैंया भनेको निक्कै कम भयो, सरकारले युवाहरूलाई स्वरोजगार बनाऊ नै चाहेको भए ५ लाखसम्म लगानी गर्न सके धेरै राम्रो हुने उनले सुनाए । 

‘हुँदै नहुनुभन्दा त यो धेरै राम्रो हो नी तर ५ लाखसम्म भए धेरै मानिसहरूले आफै रोजगार हुने व्यवसाय अँगाल्न सक्छन्,’ उनले भने ।  

‘मेरो त पुरानो पसल थियो, नयाँ पसलका लागि एक छेउ पनि हुँदैन  पाँच छ लाख भए सजिलो हुन्थ्यो’, रिमालले भन्नुभयो । 

स्वरोजगार कोषको ऋण तिर्न धेरै नै सजिलो हुने अनुभव रिमालको छ । ‘अरू ऋण लियो भने महिना महिनामा किचकिच गर्छन् तर कोषको ऋण लिएपछि तीन महिनामा किस्ता बुझाउँदा हुने रहेछ, यो ज्यादै राम्रो लाग्यो, उनले भने । ‘आठ प्रतिशतमा ऋण पाउँदाको खुसी हुँदैन होला’ रिमालले भन्नुभयो–‘अझ रकम तिरेपछि सरकारले ब्याजको ६० प्रतिशत रकम समेत फिर्ता गर्ने हुँदा हामी जस्ता व्यवसायीलाई धेरै सजिलो हुने रहेछ’, रिमालले भने । 

‘कोरोना र लकडाउनका कारण अहिले व्यवसाय राम्रो नभए पनि कोरोना सकिएपछि पुनः राम्रै व्यवसाय हुने आशमा छु  रिमालले बताउनुभयो ।’ कोषले थप ऋण दिए व्यवसाय सञ्चालन गर्न अझ सहयोग हुने उहाँले बताउनुभयो । युवाहरूलाई स्वरोजगार बनाउनका लागि कोषले खेलेको भूमिका धेरै नै राम्रो रहेको रिमालले बताए । 

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : १९ बजे