साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर – आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : १९ बजे