सुनको मूल्यमा नयाँ कीर्तिमान

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्थे’: बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन एमाले साँसदले हस्ताक्षर गर्नु गलत भएको बताउनुभएको छ । एमालेको १३ औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाधक्ष्य गौतमले पार्टी निर्णय बिना अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु राजनीतिक नैतिकता नभएको बताउनुभएको छ ।

‘पार्टी पनि नछोड्ने अनि आफ्नो अध्यक्षलाई हटाएर अर्को पार्टीको नेतालाई प्रधनमन्त्री बनाउन हस्ताक्षर गर्ने यो तरिका ठिक भएन’ गौतमले बैठकमा भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

‘मैले मित्रघात आजसम्म गरेको छैन,जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रुपमा म ओलीकै पक्षमा छु । तर, माधव नेपालसहितको एकता हुनुपर्छ । उपाध्यक्ष बामदेव गौतमले एमालेको असन्तुष्ट पक्षसँग कार्यदल तहमा हैन अध्यक्षले आफैं वार्ता गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : १५ बजे