सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

बालुवाटारमा जाारी केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको एमाले नेता महेश बस्नेतले बताउनुभयो ।

माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४६ बजे