सुनको मूल्यमा नयाँ कीर्तिमान

पार्टी एकताका लागि देखाएको उदारतालाई कमजोर नठान्न प्रधानमन्त्रीको चेतावनी 

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय बिना काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने अनि आफूलाई एमाले पनि भन्न नछोड्नु निर्लज्जताको पराकास्टा भएको बताउनुभएको छ ।

पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकलाई बालुवाटारमा सम्बोधन गर्नुहुदैं प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

आफूले पार्टी एकताका लागि देखाएको उदारतालाई कमजोर नठान्न पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । माधव नेपालतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफू सही बिचार लिएर अघि बढ्ने तर गलत बिचारमा सहमती गरेर नजाने स्पष्ट पार्नुभएको छ । ‘आफ्नो पार्टीको सरकार ढालेर शेरबहादुरलाई बोकेर हिडेको छ । अनि आफूलाई एमाले भन्न पनि छोडेको छैन’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो ‘यो एउटा गैह्र राजनीतिक चरित्र हो ।’

बैठकमा प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : २६ बजे