साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोना भाइरसको सङ्क्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ वर्षीया महिला र नेपालगन्ज ११ का ६० वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । 

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट बाँकेका ८२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ३१ बजे