एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

ओलीले फर्काएको नेपाली शान 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ४ मा धरहराको ठूटोमा उभिएर ‘मेरो धरहरा म बनाउँछु’ अभियानको उद्घोष गर्नुभएको थियो ।  २०७२ को भूकम्पले ढलेको ठ्याक्कै छ बर्षपछि २०७८ बैशाख ११ मा धरहरा ठडियो । प्रधानमन्त्री ओलीले शिलन्यास् गर्नुभएको थियो, ओलीले नै बैशाख ११ मा उद्घाटन गर्नुभयो । त्यसबेला प्रधानमन्त्रीको भनाइ थियो– म भन्छु धरहरा हरेक नेपालीले बनाउँनेछन् । एक एक नेपालीले बनाउँनेछन् ।’ र, भयो त्यस्तै, धरहरा बन्यो । धरहरा बनाउने प्रधानमन्त्री र नेपाली जनताको संकल्प पुरा भयो । 

उठ्यो धरहरा, फक्र्यो शान  
धरहराको शिघ्र पुननिर्माण प्रधानमन्त्री ओलीको प्रतिवद्धता र दृढनिश्चयको एउटा मुर्त परिणाम हो । ‘हरेकको पसिना र मेहनतले धरहरा बन्छ’ भन्ने ओली बिश्वास त्यसपछिका नौमहिने प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको कार्यकालमा लावारिस भयो । आखिर, विकासको निरन्तरता र क्रमभंगता पनि एउटा सोचद्वारानै निर्देशित हुन्छ । सत्तागठन र विगटनको दुश्चक्रमा धरहराको पुननिर्माण उहाँहरुको प्राथमिकतामा परेन, शायद सोच्नुभयो, काम गर्न सक्नुभएन । नयाँ संविधानपछिको पहिलो निर्वाचनद्वारा ओली दोश्रोपटक झण्डै दुइतिहाइको प्रधानमन्त्री बन्नुभयो, त्यो परित्यक्त परियोजनाले तिव्रगतिसहितको निरन्तरता पायो । अव हामीले भन्न पायौं– ‘हामीले बनायौं, हाम्रो धरहरा ।’ नवनिर्मित् धरहरा नेपाली इतिहास हो भने वर्तमानको गौरव हो । यो इतिहास र वर्तमानको विकसित सोचको मिश्रित् कालीगढी हो । 

हरेक देशका पहिचानका केही निश्चित आधारस्तम्भ हुन्छन् । काठमाडौंको पहिचान धरहरा हो । त्यसैले धरहरा ढल्दा पहिचान ढल्यो, अव धरहरा उठ्यो, पहिचान पुनस्थापित भयो । त्यसोत काठमाडौं उपत्यका आफैं पुरातात्विक सम्पदा र पहिचानको उपत्यका हो । तर त्यसमा पनि काठमाडौं शहरको मध्यमागका रहेको धरहराको बिशेष महत्व थियो र छ । प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टाराइहरुलाइ धरहरा बनेको शायद् याद हुँदैन, त्यसैले ओली सरकारले गरेका हरेक पुननिर्माण उहाँहरुको प्रशंसाका लायक छैनन् । मेलम्चीको पानी काठमाडौंमा आयो, ढलेको धरहरा उठ्यो भनेर उहाँहरुले भन्नुभयो भने ओलीबिरुद्धको उहाँहरुको एकलब्य राजनीतिको औचित्य स्थापित हुँदैन । हरेक विकासभित्रका साना कमजोरी खोजी तीनलाइ ठूलो बनाइ ओली सरकारको सत्तोसराप गर्नुनै उहाँहरुको अव पहिचान बनिसक्यो । यो उहाँहरुका लागि निकै पिंडादायी क्षण हो । यो पिंडितहरुको गठवन्धन होइन, सत्तारोहण गर्न नपाउने भइयो भन्ने सोचबाट उत्पती भएको त्रासदीको गठवन्धन हो । ओली रहुँञ्जेल मौका छैन भन्ने उहाँहरुको ठहर हो किनकी ओलीका अगाडी आफूहरुको लोकप्रियताको नेप्से निकै तल झरेको अनुभूति उहाँहरुलाई छ शायद ।  

यो एउटा पाटो भयो बिकासको । यो नेपाली प्रतिवद्धता, लगानी र इञ्जिनियरिङको मौलिक मोडेल हो , घरेलु सामथ्र्य हो । प्रधानमन्त्री ओलीको पहिलो र यो दोश्रो कार्यकालमा यस्ता नयाँ आरम्भ र इतिहासको शिलशिलानै चलेको छ । पार्टीभित्रका र बाहिरका, देशभित्र र बाहिरका केही शक्तिले ओलीलाई अंजगको रुपमा प्रस्तुत गर्न खोजेपनि ओली उनीहरुका लागि त्रासदीमात्र हुन, तर जनताका लागि विकास र समृद्धिका नायकनै हुन । नभए पूर्वप्रधानमन्त्रीहरुले आफ्नो र ओलीको समय र कार्यकाल सम्झेर तुलना गरेर हेर्दा हुन्छ । छोटो अवधि र सुविधाजनक एकल बहुमतको अभाव जस्ता प्रतिकूलता थिए भन्ने लाग्छ भनेपनि त्यही अनुपातको निश्कर्ष निकाल्दा हुन्छ । यो तुलनात्मक अध्ययन उहाँहरुका लागि रुचीकर छैन । 

राम स्थापित्, पहिचान स्थापित्
अर्को, उदारण हेर्दा हुन्छ । धार्मिक र सांस्कृतिक महत्वको अर्को विकासले पनि बैशाख ८ मा आकार लियो । त्यसका रणनीतिक आयाम पक्कै छन् तर त्यो भन्दा बढ्दा त्यसले पूर्वीय सभ्यता, संस्कृति र इतिहासको वास्तविक खोजको सुरुवात गरेको छ । नेपाली पहिचान खोतल्न थालेको छ । प्रधानमन्त्री ओलीले बैशाख ७ मा बालुवाटारबाट पूजाआजा गरी पठाउनुभएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति चितवन माडीको अयोध्यापुरीमा प्रतिस्थापन भयो ।

गोपाल खनाल  

मूर्तिसहितको रथयात्रा तनहुँको देवघाटहुँदै अयोध्यापुरी पुग्यो । भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी हुन सक्ने धेरै आधार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई प्रमाणित गर्ने बताउनुभएको थियो । किनकी भारतको उत्तरप्रदेशको अयोध्यामा रामको जन्म भएको भन्ने दावी चूनौतीरहित छैन । यद्धपी, हालसम्म सबैले अयोध्यालाई रामको जन्मभूमी मान्छन् । त्यसका बारेमा भारतमा ठूलै राजनीतिक युद्ध भएको छ । बल्ल बाबरी मस्जिद् र राम जन्मभूमीको टुंगो त्यहाँ अदालतले लगायो । त्यसो त मर्यादापुरुष राम सबैका साझा नै हुन ।    

धार्मिक र सांस्कृतिक महत्वलाई स्थापित गर्ने ओली सोचकै परिणामस्वरुप नेपाली चेली सीतासँगको रामको विवाहलाई पछ्याउँदै जाँदा परिस्थितिजन्यकारणले नेपालको अयोध्यापुरीतर्फ सकेत गरेका हुन् । प्रतिमा स्थापनापछि अयोध्यापुरीमा मुल मन्दिर निर्माण गर्ने गुरुयोजनासहितको कार्यक्रमको शिलन्यास् प्रधानमन्त्रीले गर्दै हुनुहुन्छ, जसको तयारी पनि भइरहेको छ । यो रामसीताको मूर्ति स्थापनामात्र होइन, यो नेपाली तमोभूमीको इतिहासको खोजीको थालनी हो । यो कुनै खास धर्म, सम्प्रदाय र सस्कृतिप्रतिको लगाव र संरक्षणको बिषय होइन, यो नेपाली पहिचानको एउटा पाटो हो, जसको संरक्षण र विकास गर्नु देशका हरेक नागरिकको कर्तत्व हुन्छ । यो नेपाली सभ्यता, आफ्नो पनको खोजी हो । अहिलेको विश्वको एउटा प्रवृति के छ भने सबै देशले आफ्नो पनको खोजी गरिरहेका छन् । ‘मेरो इतिहास, मेरो धर्म संस्कृति, सप्रदाय, मेरो पहिचान’ यसतर्फ सारा बिश्व लागेको छ । आफ्नोप्रति गर्व गर्ने प्रतिस्पर्धा चलेको छ । यो देशभित्रको खण्डित पहिचानको खोजी होइन, देशकै समग्र पहिचानको खोजी हो । यो अलगावको राजनीति होइन, खासमा अनेकताबीच एकताको राजनीतिको खोजी हो ।

आन्तरिक राजनीति, त्यसमा पनि पार्टीभित्रको प्रतिकूल राजनीतिका वावजुद यी दुइ विकासका मानक हुन, जसले प्रधानमन्त्री ओली र उहाँले नेतृत्व गरेको सरकारको अर्जुनदृष्टि देखिन्छ । पार्टीभित्रका मुद्दा बिशिष्ट खालका थिएभने नेताले तीनलाई पहिला व्यवस्थापन गर्नुपथ्र्यो तर ती निहित स्वार्थ र सत्ताका भागबण्डाका मुद्दा थिए, त्यसैले ओलीले तीनलाई त्यति महत्व दिनुभएन । यता समय दिएको भए, शायद् मेलम्चीको पानी काठमाडौं आइपुग्थ्यो वा रामसीता अयोध्यापुरीमा पुगिसक्थे वा सक्थेनन्, भन्न सकिदैनथ्यो । किनकी पार्टीभित्रै यी मुद्दा राजनीतिक मुद्दा बनिसक्थे र प्रधानमन्त्री त्यसैमा अल्झनुहुन्थ्यो ।  

धरहराको पुनस्थापनालाइ पनि नकरात्मक रुपले प्रचार गरी त्यो ठडिएको धरहराले के दिन्छ ? टावर बनाएर हुन्छ ? जनताले के पाए ? जस्ता बिषय जान्नेसुन्नेहरुबाटै उठाइनु चाँही उदेक लाग्दो छ । उनीहरुको भनाइमा ढलेको धरहरा बनाउनु हुँदैनथ्यो, भूकम्पले भत्काएका जनताका घर पनि बनाउनु हुँदैनथ्यो र भूकल्पले ध्वस्त पारेका संरचनालाइ त्यही खण्डहरकै रुपमा छोडिदिनुपथ्र्यो । एउटा सचेत नागरिकको विवेकले यस्तो नकारात्मकता कसरी पाल्छ ? सचेत नागरिकभित्र राजनीति यस्तो गरी छिर्यो कि विवेकनै बन्दी बन्यो । भूकम्पको क्षति देखाउनुपर्छ भन्ने हो भने खण्डहर धरहरा त्यहाँ संरक्षित नै छ । 

रामसीताको प्रसंग आउँदा अलि अगाडीको बिषय उल्लेख गर्नु सान्दर्भिक हुन्छ । देशको कार्यकारी प्रमुखका रुपमा होस् वा कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा होस् वा एउटा नागरिकका रुपमा होस्, प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरको दर्शन गर्नु उचित थियो । तर त्यसलाई एउटा जडसुत्रवादी सोचको त्यान्द्रो समातेर कम्युनिष्ट प्रधानमन्त्री पशुपतिको मन्दिरमा भन्दै ब्याख्या भयो । जवकि प्रधानमन्त्रीको पुशपति यात्राबाट नेपाली नागरिकको अधिक बहुमत पुलकित भएको तीनले महसुस गर्न सकेनन् । नेपाल यस्तो देश हो, जहाँ हिन्दुले नवाज् पनि पाठ गर्छन् भने मुस्लिम भागवत गीता पनि वाचन गर्छन् । यो धार्मिक सहकार्य र सहिष्णुता हाम्रो पहिचान हो । पढ्नै हुँदैन भन्ने छ र ?  

प्रधानमन्त्री ओलीले पशुपति मन्दिरको भ्रमणमाथि प्रश्न गर्नेहरुले अयोध्यापुरीमा रामसीताको प्रतिमा स्थापनाको बिरोध गरेका छन् । राज्यको कुनै धर्म हुँदैन, ठिक हो । तर राज्यका हरेक नागरिकलाई उनीहरुको धर्म मान्ने, संरक्षण गर्ने अधिकार हुन्छ । त्यसैले प्रधानमन्त्रीले पशुपतिको भ्रमण गर्दा हिन्दुधर्मको मात्र संरक्षण र प्रवद्र्धन गर्नुभएको होइन, उहाँले नेपालको एउटा अर्को पहिचानको प्रवद्र्धन र संरक्षण गर्नुभएको हो । हिन्दुहरुको आस्थाको  भ्रमण गर्नु अन्य धर्मका आस्था र बिश्वासमाथिको अनास्था होइन । बौद्धमार्गीहरुको पवित्रस्थल लुम्विनीको विकासलाई बौद्ध धर्मको प्रचारप्रसारका रुपमा मात्र बुझ्न मिल्छ ? त्यो नेपालको प्रवद्र्धन हो । बिश्वभरका शान्तीको खोजीमा रहेका नागरिककै पवित्र स्थलका रुपमा लुम्बिनी रहेको छ । नेपालले यो क्षेत्रलाई शान्तिको अन्तराष्ट्रिय केन्द्र बनाउन खोजेको छ ।   

रामसीतालाई अयोध्यापुरीमा स्थापना गर्नुका केही ऐतिहासिक आधार छन् भने त्यसले नेपालको विकास र विगतको संरक्षण गरेको छ । आदिकवी भानुभक्त आचार्यलाई स्मरण गरिरहँदा प्रधानमन्त्रीले रामायणका रचियता र त्यसमा बर्णित रामसीताको भूगोल खण्डलाई हेर्दा राम नेपालको अयोध्यापुरीमा जन्मेको हुनुपर्छ भन्नुभएको थियो । र, त्यसलाई खोजेर अघि बढाउने जनाउनुभएको थियो । र भयो पनि त्यस्तै ।

आज अयोध्यापुरीमा रामसीता स्थापित भइसकेका छन् । अव अयोध्यापुरीमा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुनेछ । यसमा औडाहा गरेर हुँदैन, कुण्ढा पालेर पनि हुँदैन । जस लिन मन लागेको भए एमालेका अध्यक्ष प्रधानमन्त्री भएको सरकारले गरेको भनेर माधव नेपालले भन्दा हुन्छ, प्रचण्डले नेकपामा प्रथम अध्यक्षले नेतृत्व गरेको सरकारले विकास गरेको हो भन्दा हुन्छ । 

अनुकूल प्रचार  
भूकम्पले ल्याएको प्रतिकूलताकै बिचमा जारी संविधानप्रति घरेलु र बाह्यविरोधका वावजुद प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमा नेपालको तस्वीर बदल्ने कामको सुरुवात गर्नुभएको थियो । त्यसका कारण जनताले ओलीलाइ पुन सत्तामा स्थापित गरेपछि आजसम्म विकासमा थुप्रै नयाँ थालनी भएका छन् ।

ओलीलाई असफल सावित गर्न तानिएका सन्दर्भ सामग्री र सूचीको गलत प्रयोग र ब्याख्या भएको छ । भ्रष्टाचारी प्रमाणित गर्न हुँदै नभएको भ्रष्टाचारको कथा बुन्ने तर वालुवाटारको जग्गा खानेहरुबिरुद्ध छानवीन कमिटी बनाउने र कारवाही गर्ने प्रसंग उल्लेखै नगर्ने प्रवृति छ ।

ओलीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको नेतृत्व लिएको स्वीकार गर्दा बाउन्ने हुने त्रासले चुच्चे नक्सा जारी भएको प्रसंग चटक्कै बिर्सने तर राष्ट्रपतिले त्यो नक्सा जारी हुनु अगावै दिनुपर्ने पदकमा खै नक्सा भनेर चिच्याउने ? यस्ता थुप्रै उदारण छन् । 
निश्कर्ष  हो– विकास जसले गरेपनि विकास नै हुन्छ । त्यसको प्रशंसा गरौं भन्ने हो । आलोचनाको अधिकार राख्न पनि यो आवश्यक छ ।     
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ०४ बजे