सुनको मूल्यमा नयाँ कीर्तिमान

क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै बिहिबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । 

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । 

कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ः०० बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिनुभयो । 

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ । 

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ । 

कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ । 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ५२ बजे