‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक जनाको मृत्यु 

गुल्मी । कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक जनाको मृत्यु भएको छ  । 

गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । 

पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ३१ बजे