सुनको मूल्यमा नयाँ कीर्तिमान

केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने माधव समूहको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल समूह शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।

आज बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ९ : ३६ बजे