साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – झापा, कमल गाउँपालिका-३ स्थित केर्खा बजारबाट ८८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने लेसाईलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचिनगर नगरपालिका-१५ बस्ने २० वर्षीय सुवास मेचे र सोही गाउँपालिका-१० बस्ने २५ वर्षीय सुरज लामिछाने रहेका छन् । मे.१ ह ५९९० नम्बरको टेम्पोलाई ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटीएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ३१ बजे