साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक महिलाको मृत्यु

दमक ।  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । 

दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : १३ बजे