सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने हुनुभएको । राष्ट्रपतिले संविधानको धारा ९५ अनुसार राष्ट्रिय सभालाई सम्बोधन गर्न लाग्नुभएको हो ।  

बिहीबार हिउँदे अधिवेशन सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराउनुभएको हो । राष्ट्रिय सभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ ।  

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ ।  प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ । राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ । 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ३ : ५६ बजे