‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि आएसँगै प्रतितोला १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १२ : ०४ बजे