विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निषेधाज्ञा जारी भएसँगै बन्द भएको आन्तरिक उडान आजदेखि नियमित हुँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएसँगै बन्द भएको आन्तरिक उडान आजदेखि खुल्दैछ । 

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।

आन्तरिक उडान खुलाएसँगै शुरूवातमा दैनिक ६४ उडान हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो  । उहाँका अनुसार बुद्ध एयरले ३१ वटा यति एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।

सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । 

स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान सञ्चालन गर्नुपर्ने छ । 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ७ : ४९ बजे