दलित गाउँका पहिलो शिक्षक

कमलाको बाढी खतरा तहभन्दा माथि, सुरक्षित रहन आग्रह

काठमाडौं । अविरल वर्षाले साना र ठूला नदीहरुमा जलसतह अत्यधिक बढिरहेको छ । सिन्धुलीको कमला नदी बाढीले खतराको स्तर नाघेको छ ।

कमला नदी–धनुषा–तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको बाढी मापन केन्द्रले जनाएको छ ।सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेकाले,धनुषा,सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा रहनुहुनेहरू राती सम्मै सतर्कता साथ सुरक्षित स्थानमा रहुनुहोला सुचनामा भनिएको छ ।

वर्षा हुने क्रम जारी रहने देखिएकाले धनुषा, सिराहा जिल्लाका डुबान भइरहने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आह्वान गरेको छ । ‘आज असार १७ गते दिनभर सुरक्षित स्थानमा जानु हुन अनुरोध छ,’ बाढी मापन केन्द्रले  आज बिहान ५ः३० बजे सूचना जारी गर्दै भनेको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ४७ बजे