साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमिण पुष्टि 

​​​​​​​काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८८९ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १८९ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, चारहजार ८४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ छ । नेपालमा अहिले ३३ हजार ५६१ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार ११२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ०२ बजे